श्रावण ७, २०८२ बुधबार July 23, 2025

सगरमाथा आरोहणको सलामी दस्तुर २० लाख पुर्‍याइँदै

कानुनको राय आइसकेपछि मन्त्रिपरिषद्ले पारित गरेसँगै नयाँ नियमावली लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सगरमाथा आरोहण गर्दा विदेशीले बुझाउने सलामी दस्तुरलाई प्रतिआरोही ११ हजार अमेरिकी डलर (१४ लाख ५९ हजार) बाट २० हजार डलर १९ लाख ९० हजार पुर्‍याइने भएको छ ।

पर्यटन विभागले ७ वर्षअघि जारी गरेको पर्वतारोहण दस्तुरलगायत केही नियमावलीलाई संशोधन गर्दै विश्वभर पर्यटन व्यवसायीमाझ सर्वाधिक चासो व्यक्त हुने सगरमाथाको आरोहण दस्तुरलाई झन्डै २० लाख हाराहारी पुर्‍याउन लागिएको हो ।

विभागले दस्तुरसहित पर्वतारोहणसम्बन्धी नियमावली संशोधनको काम अघि बढाएको छ । हाल नियमावलीको मस्यौदा कानुन मन्त्रालय पुगेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले जनाए । ‘अर्थको राय प्राप्त भइसक्यो,’ महानिर्देशक बुढाले भने, ‘कानुनको राय आइसकेपछि मन्त्रिपरिषद्ले पारित गरेसँगै नयाँ नियमावली लागू हुन्छ ।’

नेपालले ५ हजारदेखि ८ हजार ८ सय ४८.६८ मिटरसम्मका ३ सय २६ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । नयाँ नियमावली पारित भएपछि अरू हिमालको पनि साविकको सलामी दस्तुर वृद्धि हुने विभागले जनाएको छ । हाल विभागले सञ्चालन गर्ने हिमाल वर्षमा चार सिजन आरोहणका लागि खुला गरिन्छन्, जसमा नेपाली र विदेशीलाई फरक–फरक सलामी दस्तुर लिने गरिन्छ । सगरमाथा आरोहणमा नेपाली आरोहीले वसन्तकालीन याममा ७५ हजार रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ ।

६५ सय मिटरमुनिका हिमालमा नेपाली आरोहीले न्यूनतम ४ हजार रुपैयाँ सलामी दस्तुर तिरे पुग्छ । विदेशीले भने ६५ सय मिटरभन्दा मुनिका हिमालमा २ सय ५० डलर तिर्नुपर्छ । भर्खरै सकिएको शीतकालीन याममा विभागले ५२ वटा हिमाल आरोहण अनुमतिबाट ७ करोड ६६ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको थियो ।

यो सिजनअघि वसन्तकालीन याममा विभागले २८ वटा हिमालमा आरोहण अनुमति दिँदा ७६ करोड ५७ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको थियो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार