श्रावण ७, २०८२ बुधबार July 23, 2025

स्रोतको टुंगोबिनै पाँच वर्षमा ९३ खर्ब लगानीको सरकारी योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले हरेक वर्ष महत्त्वाकांक्षी बजेट बनाउँछ। स्रोत अभाव भएपछि अर्धवार्षिक मूल्यांकनमार्फत आकार घटाउँछ। चालु आव २०८०/८१ का लागि करिब १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट बनाएको सरकारले अर्धवार्षिक समीक्षामार्फत करिब सवा दुई खर्ब रूपैयाँ बजेटको आकार घटाएको छ।

सधैं स्रोत अभाव झेल्दै आएको सरकारले १६औं पञ्चवर्षीय योजनामा पनि स्रोत अभावबीच महत्त्वाकांक्षी लक्ष्य राखेको छ। १६औं योजनाको अन्त्यसम्म मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब ८० देखि ८५ खर्ब रूपैयाँ पुर्‍याउने लक्ष्य राखेको सरकारले यो अवधिमा करिब ९३ खर्ब रूपैयाँ लगानी गर्ने योजनासहित मस्यौदा तयार गरेको छ। जसका लागि स्रोत अभाव नहुने निश्चित छ।

अपेक्षित रूपमा बर्सेनि राजस्व वृद्धि गर्न नसकेको सरकारले १६औं योजनामा पनि स्रोत सुनिश्चित नभई बजेटको आकार तयार गर्ने पुरानो परम्पराले निरन्तरता दिएको हो। यो लगानी सरकारको मात्र नभई निजी क्षेत्रलगायत अन्य क्षेत्रले गर्ने लगानी पनि हो।

चालु आव २०८०/८१ मा सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) १३ खर्ब नौ अर्ब ३० करोड रूपैयाँ हुने संशोधित अनुमान गरेको छ। तर, आयोगले आगामी आव २०८१/८२ मा १६ खर्ब २९ अर्ब ७१ करोड रूपैयाँ लगानी गर्ने योजना बनाएको छ।

सरकारले एक वर्षमै करिब तीन खर्ब राजस्व वृद्धि गर्ने सम्भावना छैन। यद्यपि सरकारले बजेट बनाउँदा आन्तरिक स्रोतसहित वैदेशिक अनुदान तथा ऋणलाई समेत समावेश गरेर बजेट बनाउँछ।

लगानीको स्रोत नभईकन योजना र बजेट बनाउने गरेको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डा. शिवराज अधिकारीले बताए। ‘पुँजी उत्पादन हेरेर कति प्रतिशत वृद्धि राख्ने भन्ने यकिन गरिन्छ,’ अधिकारीले भने, ‘योजनाको कार्यान्वयन र बजेटमा कुनै तालमेल हुँदैन।’

स्रोत नभई योजना बनाउने विगतको परम्परालाई १६औं योजनामा पनि निरन्तरता दिन लागिएको अधिकारीले बताए। आयोगका अनुसार मुलुकको विकास र आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्न आव २०८१/८२ देखि २०८५/८६ सम्म पाँच वर्षमा ९३ खर्ब २८ अर्ब रूपैयाँ लगानी गर्ने योजना बनाएको छ।

तर, त्यो लगानीका लागि स्रोत उपलब्ध हुने आधार देखिँदैन। यो लगानी आव २०७९/८० को स्थिर मूल्यमा सीमान्त पुँजी उत्पादन अनुपात र कुल लगानी प्रक्षेपण गरिएको हो आव २०८१/८२ मा १६ खर्ब २९ अर्ब ७१ करोड रूपैयाँ लगानी प्रक्षेपित गरिएको छ।

त्यसैगरी, आवमा २०८२/८३ १७ खर्ब ५४ अर्ब ६४ करोड, आव २०८३/८४ मा १८ खर्ब ६५ अर्ब ८२ करोड, आव २०८४/८५ मा १९ खर्ब ९८ अर्ब ८२ करोड, २०८५/८६ मा २१ खर्ब १५ अर्ब २८ करोड रूपैयाँ लगानी प्रक्षेपित गरिएको छ । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार