श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अबको २-२ वर्ष प्रचण्ड-ओली आलाेपालाे प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लगायतलाई नयाँ गठबन्धनमा सहभागी गराउने प्रयासमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेसँगै पुरानो गठबन्धन विभाजन भएको छ भने नयाँ गठबन्धन निर्माण भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)सहितको नयाँ गठबन्धन निर्माण भएको छ । यो गठबन्धनमा अन्य दललाई समेत सहभागी गराउने प्रयास प्रधानमन्त्री प्रचण्डले जारी राखेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लगायतलाई नयाँ गठबन्धनमा सहभागी गराउने प्रयासमा प्रचण्ड रहेका छन् । यसअघि रहेको माओवादी, नेपाली कांग्रेससहितको पुरानो गठबन्धन विभाजन भएको छ ।

पहिलो चरणमा माओवादी केन्द्र, एमाले र रास्वपाका तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेताले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिइने जनाएका छन् । एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपा उपाध्यक्ष डीपी अर्याल मन्त्रीको शपथ सोमबार लिएका छन् । नवनियुक्त तीनै जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।

मन्त्रीहरूको शपथअघि प्रधानमन्त्री निवास बालुवाटार नयाँ सत्तारूढ गठबन्धनको बैठक बसेको थियो । सोमबार यी दलको छुट्टाछुट्टै बैठक बस्दै नयाँ गठबन्धनबारे निर्णय गरेका थिए । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताको सहभागिता रहेको थियो । बालुवाटार स्रोतका अनुसार अब दुई वर्ष प्रचण्ड र त्यसपछि दुई वर्ष ओली प्रधानमन्त्री हुने आन्तरिक सहमति भएको छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार