जेठ ६, २०८१ आइतबार May 19, 2024

नेपाली सेनाले माग्यो २ हजार ५ सय कर्मचारी

जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ९ गते । नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ ।

देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै  नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पद भर्ना आव्हान गरेको हो ।

नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दे जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ । दरखास्तका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख गरेको छ ।

आवेदन सम्बन्धी जानकारी यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया