जेठ ५, २०८१ शनिबार May 18, 2024

मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन

आगलागीबाट चार सय ५५ जना प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १३ गते । महोत्तरीको मटिहानी नगरपालिका-६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवम् पुनःस्थापनाका लागि एक टोली परिचालन गरिएको छ ।

यही वैशाख १२ गते भएको उक्त घटनाबारे सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको नेतृत्वमा टोली परिचालन गरिएको छ । उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा.डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवम् डढेलो विज्ञ सुन्दर शर्मा रहनुभएको छ ।

टोलीले क्षतिको पहिचानका साथै पीडितलाई राहत तथा पुनःस्थापनाका लागि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनेछ । टोलीले जिल्ला विपद व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरणसमेत गर्ने प्राधिकरणले  जनाएको छ ।

जरलहवा टोलमा बुधबार भएको आगलागीबाट एक सय घर जलेका थिए । सो आगलागीबाट चार सय ५५ जना प्रभावित भएका छन् । आगलागीबाट पाँच बाख्रा र दुई सुँगुर जलेर मरेका छन् । प्रभावित परिवारलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न सङ्घ-संस्थाबाट खाद्यान्न एवम् आपतकालीन राहत सामग्री उपलब्ध गराइएको प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङ्गले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार