जेठ ६, २०८१ आइतबार May 19, 2024

जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

महाधिवेशनमा प्रस्तुत गरिने एजेन्डाका बारेमा छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ।

केही समय पछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो।

बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकले महाधिवेशन तयारीका बारेमा भइरहेका गतिबिधिको समीक्षा र महाधिवेशनमा प्रस्तुत गरिने एजेन्डाका बारेमा छलफल गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

जसपा, नेपालको महाधिवेशन पटक पटक सरेर अन्ततः जेठ २७–२९ गतेका लागि तोकिएको छ । जुन महाधिवेसन मधेस प्रदेशको राजधानी, जनकपुरधाममा हुदैँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया