असार ३०, २०८२ सोमबार July 14, 2025

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन सङ्गठन संरचनामा रहेका दोहोरोपन हटाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २ गते ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा सबै राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल र आकर्षक बनाउने भएको छ । कर्मचारीको सेवासुविधा पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीका सेवासुविधालाई समयानुकूल र आकर्षक बनाउने घोषणा गर्नुभएको हो ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले नीति कार्यक्रममार्फत कर्मचारीको सेवासुविधा समयानुकूल र पूर्वानुमानयोग्य बनाउने भनी उल्लेख गर्नु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले सरकारले सधैँ नीति कार्यक्रममा आकर्षक कुरा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति रहेकाले नीति कार्यक्रममा उल्लेख गरेका कुरा व्यवहारमा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो ।

सरकारले समान प्रकृतिका निकायलाई निश्चित मापदण्डका आधारमा पुनर्संरचना र एकीकरण गरी तालिमको प्रभावकारिता वृद्धि गर्ने, कर्मचारीसँग गरिने कार्यसम्पादन सम्झौतालाई वस्तुनिष्ठ र मापनयोग्य बनाउने, सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन सङ्गठन संरचनामा रहेका दोहोरोपन हटाउने र सूचना प्रविधिमा आधारित सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै नागरिकले सेवा प्राप्त गर्दा हुने झन्झट हटाई सेवाको लागत, समय र गुणस्तरमा सुधार गर्ने, सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गर्ने र सङ्घीय निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने निजामती प्रशासनलाई चुस्त परिणामुखी र व्यावसायिक बनाउने, प्रदेश निजामती सेवा र स्थानीय सेवालाई व्यवस्थित बनाइने, तीन तहबिचको प्रशासनिक कार्यात्मक अन्तरसम्बन्ध सुदृढ तुल्याई सेवा प्रवाहलाई थप सहज, सुलभ र सरल बनाउने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार