श्रावण १४, २०८२ बुधबार July 30, 2025

गिरीबन्धुमा कांग्रेसले मिथ्या प्रचार गर्यो : अध्यक्ष ओली

गिरीबन्धु प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा मिथ्या प्रचार गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको आरोप लगाएका हुन् ।

उनले गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएको तर कांग्रेसले एमालेको विरोधमा स्यालहुँइया मच्चाएको बताए । ओलीले गिरीबन्धु प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको दाबी गर्दै बरु कांग्रेसले दुई पटक गरी ७० विघा बेचेको बताएका छन् ।

उनले भने- ‘अहिले गिरीबन्धु टी स्टेट भनेर कराएको छ । गिरीबन्धु टी स्टेटमा एक पटक ५१ विघा, एक पटक १९ विघा गरी ७० विघा कानुनविना, नियमविना बलजफ्ती विक्री गरेर खाएका थिए । तिनै तत्वहरुले खाएका थिए । गिरीबन्धु टी स्टेट, त्यसलाई बेथितिकरण गर्न पाइँदैन भनेर हामीले कानुन बनायौं । कानुन बनाएपछि, नियम बनाएपछि नियम कानुनभित्र बस्नुपर्यो । बेचेर खान नपाइने भयो भनेर स्याल हुइँया मच्चाएका छन् । केपी ओलीले यो गर्यो, त्यो गर्यो भनेर ।’

ओलीले यस अघि पशुपतिको जलहरी बेचेरे खाएको आरोप लगाएको बताउदै अहिले ति आरोप लगाउनेहरु कहाँ छन् भन्दै प्रश्न गरेका थिए ।

अध्यक्ष ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिसन ८४ मा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका थिए । ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिध्याउँछौं भन्नेहरू असफल भएको बताउदै उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसंबादका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ताप्लेजुङमा एक जनामा डेङ्गु सङ्क्रमण पुष्टी
२०८२ श्रावण १४, बुधबार
काँग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार