असार १४, २०८१ शुक्रबार June 28, 2024

बेनी-पाखापानी सडक स्तरोन्नति सुरु

स्रोत सुनिश्चितता भएका आठवटा आयोजना ठेक्का प्रक्रिया अघि प्रारम्भ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दी जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन भएको यो सडकका लागि रु २० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भएको थियो । हाल सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने भइरहेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गरिने छ । यो बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडाका बासिन्दाको आवागमनको प्रमुख बाटो हो ।

यसैगरी, चालु आवमा बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा रु दुई करोड बजेटबाट वडा नं ६ को एक्लेपिपलबाट वडा नं ९ को किराखोरसम्म एक किलोमिटर दुई सय मिटर सडक फराकिलो, नाली निर्माण, टेवा पर्खाललगायत काम सकेर कालोपत्र र ढलानको तयारी गरिएको नगरप्रमुख सुरत केसीले बताए । बेनीबाट अर्थुङ्गेसम्मको तीन किलोमिटर सडक कालोपत्र र ढलान गरेर स्तरोन्नति भइसकेको छ ।

बेनी–पाखापानी सडकको तोरीपानी–पात्लेखेत–झिँ–पाखापानी खण्डको स्तरोन्नति गर्न अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापनको प्रयास जारी रहेको प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

प्रदेश सरकारमार्फत म्याग्दीमा चालु आवमा सातवटा सडक र दुईवटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन रु एक अर्ब २० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । स्रोत सुनिश्चितता भएका आठवटा आयोजना ठेक्का प्रक्रिया अघि प्रारम्भ भएको अर्का प्रदेशसभा सदस्य रेशम जुग्जालीले राससलाई बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली (अन्तवार्ता)
२०८१ असार १४, शुक्रबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
२०८१ असार १४, शुक्रबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
२०८१ असार १४, शुक्रबार
महानगरमा विपी- पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप
२०८१ असार १४, शुक्रबार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने
२०८१ असार १४, शुक्रबार
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत
२०८१ असार १४, शुक्रबार
अर्जुननरसिंह केसीको कवितामार्फत सरकारलाई व्यङ्ग्य
२०८१ असार १४, शुक्रबार