असार २९, २०८२ आइतबार July 13, 2025

आइजीपी हटाउने ‘मुड’मा गृहमन्त्री

‘सूर्यदर्शन सहकारीको पुरक जाहेरी बाहिर आएको र त्यसबारेमा आफूलाई जानकारी नदिएपछी रवि फायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक हटाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गृहसचिव र आइजीपीले असहयोग गरेको भन्दै हटाउने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएर विचाराधीन रहेको जाहेरी सर्वोच्च अदालतले झिकाउन माग गरेपछि उनीविरुद्ध परेको पुरक उजुरी बाहिर आएसँगै गृहमन्त्री लामिछानेले आइजीपीलाई हटाउने प्रस्ताव गरेको वालुवाटारनिटक स्रोतले भन्यो ।

गृहमन्त्री लामिछाने सचिव र आइजीपीसँग रुष्ट रहेकै कारण आइतबार कोशी प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुनेक्रममा मन्त्री र सचिव बेग्लाबेग्लै विमानमा विराटनगर पुगेका थिए । मन्त्री लामिछाने ८ बजे बुद्ध एयरबाट विराटनगर गएका थिए भने सचिव र आइजीपी सेनाको हेलिकोप्टरमा गएका थिए ।

‘सूर्यदर्शन सहकारीको पुरक जाहेरी बाहिर आएको र त्यसबारेमा आफूलाई जानकारी नदिएको भन्दै गृहसचिव र आइजीपीले असहयोग गरेको बहानामा हटाउने प्रस्ताव गरेका हुन्, प्रधानमन्त्रीले यो विषय अलि पेचिलो हुन्छ मात्रै भन्नुभयो’,

वालुवाटारनिकट स्रोतले भन्यो । कास्की प्रहरीमा पुरक जाहेरी गत माघमै परेको भएपनि त्यसलाई गोप्य राखिएको थियो । गत आइतबार सर्वोच्च अदालतले पुरक जाहेरी मागेपछि बाहिर आएको छ ।

गत चैतमा राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर कुम जोडेरै बसेका थिए । त्यसबेला कास्की प्रहरी प्रमख एसपी मोहन थापालाई समेत बोलाएर राज्य व्यवस्था समितिको बैठकमा लगिएको थियो ।

सहकारी ठगी तथा विभिन्न विषयमा उनीहरूले समितिलाई जवाफ दिनुपर्ने थियो । बैठकमा दुवै जनाले सांसदहरूको जिज्ञासा मेटाउने काम गरेका थिए । तर, त्यहाँ नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले दिएको जवाफप्रति धेरैको ध्यान जान सकेको थिएन ।

प्रधानमन्त्री प्रचण्डले संसदको रोस्टममा उभिएर सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष रहेको जिकिर गरेका थिए । प्रहरीमा त्यसको अनुसन्धान हुँदै गर्दा प्रधानमन्त्रीले संसदको रोष्टमबाटै निर्दोष सावित गरिदिएका थिए ।

जबकि, सीआईबीमा एआईजी किरण बज्राचार्यको नेतृत्व हुँदै गर्दा सहकारी ठगीमा रवि लामिछानेको विषयमा सबै फाइल मगाएर अनुसन्धान शुरु भएको थियो । त्यही कारण बज्राचार्य लगायतको टिमलाई सरुवा गरिएपछि अहिले त्यो अनुसन्धान रोकिएको छ । सूर्यदर्शन सहकारी ठगीमा परेको उजुरीका कारण गृहमन्त्री र आइजीपीबीचको सम्बन्ध चिसिएपछि एआइजी श्याम ज्ञवालीले आइजीपी हटाउनका लागि लविङ गरिरहेको स्रोतको दाबी छ ।

गत साता न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइपछि अदालतले उत्प्रेषण परमादेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको पत्र र कास्की प्रहरीमा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि झिकाउन भनेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको च नं ३२७५ मिति २०८१ ।१। २४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको भनिएको ठगी सम्बन्धी कसुरको द.नं.०८०–८१–०४२६-१२९ मिति २०८०।१०।२२ मा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन सो ब्यहोराको सूचना विपक्षीहरूलाई दिई नियमानुसार पेश गर्नू,’ भनिएको छ ।

सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको छ । जाहेरीमा पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक) भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख गरेका छन् । दृष्टीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार