असार १६, २०८१ आइतबार June 30, 2024

योगको अभ्यास नेपाल भूमिबाट नै सुरु भएको अध्यक्ष ओलीको दाबी

योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन् ।शुक्रवार १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले योगको अभ्यास नै नेपाल भूमिबाट नै सुरु भएको दाबी गरे ।

उनले योगलाई कुनै धर्म, जाति, भुगोल र राजनीतिक विचार धारामा सीमित गर्न नहुने बताए । उनले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए । योग मानव समाजव्यापी हुन जरुरी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘योग यसै भूमिबाट सुरु भएको थियो हजारौँ वर्षअघि । मैले आफ्ना अघिल्ला मन्तव्यहरुमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ । आदि योगी शिवबाट योग सुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भुगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । यो एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले सुरु भएको थियो ।’

उनले मानवीय हित र कल्याणका लागि सम्पूर्ण रुपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी रहेको बताए । ‘योगलाई हामीले मानव समाजव्यापी बनाउन जरुरी छ । कुनै धर्म विशेषसँग सीमित गरेर समग्र मानव जातिको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सीमित गर्नु हुँदैन । यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन । योग मानव जातिको शरीर स्वस्थ रहोस्, मष्तिस्क स्वस्थ रहोस् भन्नेकुरासँग सम्बन्धित छ,’ उनले भने ।

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए । योगमा झुमेको जीवन अनुशासित र पवित्र भन्दै उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
२०८१ असार १६, आइतबार