असार १६, २०८१ आइतबार June 30, 2024

तारकेश्वरले तेस्रो लिङ्गीलाई मासिक ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने

महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काठमाण्डाैकाे तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरूपमा बसोबास गर्ने तेस्रो लिङ्गीलाई मासिक पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

तारकेश्वरले तेस्रो लिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरूप आर्थिक वर्ष २०८१/८२ देखि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागेको हो ।

नगरपालिकाका मेयर कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रो लिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो । लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उहाँको भनाइ छ ।

unn.prixa.net

मेयर महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था गठन गरी व्यावसायिक विकास, सीपमूलक तालिमलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया