असार २९, २०८२ आइतबार July 13, 2025

साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्

सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साउदीमा विभिन्न समयमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते तथा अंगभंग भएका श्रमिक र मृत्युवरण गरेका ४ सयबढी नेपालीको सामाजिक सुरक्षा बिमाबापतको पैसा पाउन बाँकी रहेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ । यो सन् २००२ देखि १३ जुन २०२४ सम्मको अवधिको हो ।

दुर्घटना भएर दर्ता नभएका, अस्वीकृत भएका र आगामी दिनमा दर्ता गर्न तथा स्वीकृत गर्न बाँकी रहेकाको संख्या १ सय २४ रहेको छ । यस्तै, कार्य दुर्घटनामा परी गोसीबाट स्वीकृत भएका परिवारलाई सम्पर्क गरी आवश्यक कागजात प्रक्रिया पूरा गरी पेस गर्नुपर्ने १ सय ४० जना रहेको दूतावासले जनाएको छ ।

यस्तै, दुर्घटनाको अवस्था पत्ता लगाउन काम गर्नुपर्ने संख्या ३९, प्रक्रियामा रहेका दुर्घटना स्वीकृतका लागि काम गर्नुपर्ने संख्या ८९, चेक फिर्ता भएकाहरू २३ र हालसम्म रकम भुक्तानी नभएकाहरूका लागि काम गर्नुपर्ने संख्या ३१ रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार काम गर्ने क्रममा दुर्घटनामा परी घाइते भई सधैंका लागि अपांग वा मृत्यु भएको अवस्थामा परिवारले ३ लाख ३० हजार साउदी रियाल पाउने व्यवस्था रहेको छ । यसैगरी, अंगभंग भएकाको हकमा १ लाख ६५ हजार रियाल पाउने व्यवस्था छ ।

साउदीमा काम गर्ने क्रममा दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएकाको परिवारले यस्तो रकम पाउन बाँकी भए यथासक्य सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

नाम नखुलाउने सर्तमा दूतावासका एक कर्मचारीले साउदीमा आफ्नो कार्यकाल अझै १० महिना बाँकी रहेकाले भरिसक्य सबै, नभए करिब २ सय परिवारलाई भए पनि यस्तो रकम नेपाल पठाउनसके ठूलो राहत मिल्ने राजधानीलाई बताए । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार