असार १६, २०८१ आइतबार June 30, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा काम गर्न राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ।

विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार, कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ। यस अवधिमा, कात्तिक २३ देखि चैत १८ सम्म विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहने उल्लेख गरिएको छ।

हाल काठमाडौं विमानस्थल बिहान ६ बजे देखि राति २ बजेसम्म सञ्चालनमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया