असार १८, २०८१ मंगलबार July 2, 2024

खोलाले बगाउँदा एक बालक बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असार १३ गते । झापामा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएपछि खोजी कार्य तीव्र बनाइएको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित बनियानी खोलाले बगाउँदा स्थानीय झोलुङ्गे टोलका वेद बिकका १३ वर्षीय छोरा मिलन बिक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधवार साँझ ६ बजेतिर साथीहरूसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको हो । जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा बेलुकादेखि नै खोजिए पनि फेला पार्न नसकिएको गौरीगञ्ज १ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताउनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया