असार २९, २०८२ आइतबार July 13, 2025

शीर्ष भेटघाटले राजनीति तरंगित

प्रधानमन्त्री प्रचण्ड आफैँले सत्तासमीकरणमा समस्या आउन सक्ने भन्दै संवादमा जुट्न निकट नेताहरूलाई निर्देश गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच नियमित द्विपक्षीय र त्रिपक्षीय भेटवार्ता बाक्लिएका छन् ।

एकातिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली आफैँ भेटवार्तामा जुटेका छन् भने अर्कोतिर तीनैजना नेताले सम्भावित सत्ताराजनीतिलाई लिएर निकट नेताहरूलाई खटाएका छन् । खास गरेर कांग्रेस र एमालेका शीर्ष नेताबीचको भेटवार्ताले राजनीतिक वृत्त तरंगित बनेको छ ।

कांग्रेसले आकस्मिक रूपमा सोमबार पदाधिकारी बैठक बोलाएको छ । त्यस्तै, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई मन्त्रिपरिषद्मा लगेर सरकार बलियो बनाउने प्राथमिकता रोकेर प्रधानमन्त्री प्रचण्डले पनि शीर्ष भेटवार्तालाई प्राथमिकतामा राखेका छन् । देउवा र ओलीबीच शनिबार भएको लामो र अनौपचारिक संवाद पनि अर्थपूर्ण रहेको जानकारहरू बताउँछन् । यसले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड आफैँले सत्तासमीकरणमा समस्या आउन सक्ने भन्दै संवादमा जुट्न निकट नेताहरूलाई निर्देश गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा माओवादी नेताहरूको आवत–जावत बाक्लिएको छ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले पनि दौडधुप बढाएका छन् ।

साताबीचमै भएका आधा दर्जन भेट सत्यनिरूपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी विधेयक टुंगो लगाउन केन्द्रित भनिए पनि छलफलका विषयवस्तु पारदर्शी ढंगले बाहिर आएका छैनन् । तर, शीर्ष नेताहरूको सचिवालयले भने भेटवार्ता तीन नेताको आपसी सहमति र विश्वासमै अगाडि बढेकाले सत्तासमीकरण फेरबदलतिर केन्द्रित नरहेको दाबी गरेका छन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार