असार २२, २०८१ शनिबार July 6, 2024

लोकतान्त्रिक-कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने अध्यक्ष नेपालको चाहना

एकताबद्ध भएर महाधिवेशन सफल बनाउनुपर्नेमा नेपालको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताउनुभएको छ ।

पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आयोजित बन्दसत्रमा अध्यक्षमण्डल घोषणा र पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्दै उहाँले आफ्नो पार्टीप्रति मुलुकले धेरै अपेक्षा गरेको बताउनुभयो ।

बर्षायाममा आयोजित यो महाधिवेशन एक चाड र विशेष परिघटनाका रूपमा रहेको जनाउँदै अध्यक्ष नेपालले एकताबद्ध भएर महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया