असार २९, २०८२ आइतबार July 13, 2025

नेकपा एकीकृत समाजवादी पदाधिकारी चयनमा सकस

सर्वसम्मतीमा निर्वाचित ९३ सदस्यीय केन्द्रीय समितिलाई विधानअनुसार पदाधिकारी र सदस्य चयन गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन शुक्रबार नै सम्पन्न भए पनि विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिले सर्वसम्मतीमा निर्वाचित ९३ सदस्यीय केन्द्रीय समितिलाई विधानअनुसार पदाधिकारी र सदस्य चयन गर्न अनुमति दिएको छ ।

महाधिवेशन सम्पन्न भएपछि शनिबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय कमिटीको बैठक बस्यो । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको छ । हाललाई पार्टीको काम अगाडि बढाउन पहिला जो नेता जुन जिम्मेवारीमा थिए सोही जिम्मेवारीमा रहेर अन्तरिमकालसम्म काम गर्न निर्णय भएको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारेमा मापदण्ड तोकेर छलफल अगाडि बढेको बताए । केन्द्रीय कमिटीलाई पूर्णता दिएर केही दिनभित्रैमा पदाधिकारीको समेत टुंगो लाग्ने उनले बताए ।

महाधिवेशनपछिको केन्द्रीय कमिटीको पहिलो बैठकले विद्यानअनुसार २ सय ९९ जनाको केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारीलाई पूर्णता दिने निर्णय गरेको उनले बताए । महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मतमा चयन गरेको थियो । महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । बाँकी सदस्यहरू केन्द्रीय कमिटीले टुंगो लगाउँने म्यान्डेट महाधिवेशनबाट पाएको छ ।

पार्टी विधानअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (महिला), उपाध्यक्ष (मधेसी समुदाय), खुला चार उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव (दलित समुदाय, आदिवासी जनजाति समुदाय एक-एक अनिवार्य) चयन गर्न बाँकी रहेको छ । त्यस्तै २ सय ६ केन्द्रीय सदस्यसमेत टुंगो लगाउँन बाँकी छ । पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षी अत्यधिक रहेकाले टुंगो लगाउन सकस परेको छ ।

खुला, महिला, मधेसी, आदिवासी जनजाति, दलित, युवा आरक्षणसहितका कलस्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्नुपर्नेहुन्छ । नेताहरूको उमेर हदबन्दी हटाएको एकीकृत समाजवादीले युवा आरक्षणको व्यवस्था गरेर युवालाई समेत केन्द्रीय कमिटीमा समेट्न लागेको छ ।

१६ देखि २१ असारसम्म महाधिवेशन काठमाडौंस्थित कमलादीमा भएको थियो । महाधिवेशनमा १८ सय ४९ प्रतिनिधि सहभागी थिए । महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज परिमार्जनसहित पारित भएको छ । विभिन्न समूहमा समूहगत छलफल गर्दै आएको सुझाव प्रतिवेदनमा उल्लेख गर्नेगरी पारित भएको हो । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको हो । आजको राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार