असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्री वर्माको शिष्टाचार भेटवार्ता

दुई देशेका सम्बन्ध र सहकार्य थप सुदृढ र विस्तृत गर्दै लैजानेबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर. वर्माबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग उपविदेशमन्त्री वर्माले भेट गरेका हुन् ।

भेटमा दुई देशेका सम्बन्ध र सहकार्य थप सुदृढ र विस्तृत गर्दै लैजानेबारे छलफल भएको छ ।

उपविदेशमन्त्री वर्मा शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत उच्च अधिकारीलाई भेट्ने तालिका छ ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।

भ्रमणका क्रममा उपविदेशमन्त्री वर्माले यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग पनि भेट गर्ने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

वर्मा अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् । उपविदेशमन्त्री वर्मालाई नेपालको जानकारसमेत मानिन्छ ।

नेपालको एकदिने भ्रमण सकाएर उनी शनिबार भारत जाने छन् । उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया