श्रावण २०, २०८३ बुधबार August 5, 2026

भारी वर्षाका कारण कालिगण्डकी कोरिडोर अवरुद्ध

रातीदेखि लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र सडक मर्मतको काम सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०४ भदौ । नवलपुरमा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ । लगातारको भारी वर्षाका कारण कालिगण्डकी कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकालि गाउँपालिकाका वडा नं. ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । रातीदेखि लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र सडक मर्मतको काम सुरु हुने पौडेलले बताउनुभयो ।

पछिल्लो ६ घण्टामा नवलपुरको डन्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । डण्डा क्षेत्रमा पछिल्लो ६ घण्टामा १५६.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसै गरी पाल्पाको अर्चलेमा पछिल्लो ६ घण्टामा १०४.८ मिलिमिटर, चितवनको देवघाटमा १०१.८ मिलिमिटर, चितवनको शक्ति खोरमा १०४.८ मिलिटर वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यहाँ थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लगातारको वर्षाका कारण नवलपुर भएर बग्ने नारायणी नदी, केरुङ्गे खोला, झहरे खोला, बहुलाह खोला, पत्थर खोला, लोकाहा खोला, अरुण खोला लगायतका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार