श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

पदाधिकारीसहित १ सय ५ पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु

केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ ११ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु भएको छ ।

पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्य पूरा गरेपछि मतदान साँझ ६ बजेदेखि सुरु भएको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ । मतदानलगत्तै मतगणना गरी परिणाम आजै रातिसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव गरी १८ पदमा पदाधिकारीसहित बाँकी पोलिटब्यूरो सदस्यका छनोटका लागि निर्वाचन गर्न लागिएको हो । एक सय पाँच पदका लागि भएको निर्वाचनमा करिब दुई सय उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य, विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।

केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार