श्रावण ३, २०८२ शनिबार July 19, 2025

जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता

सानसान चक्रपात यस हप्ता मुख्य दक्षिणी टापु क्युशुतिर जाने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, भदौ  १२  गते । जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

सानसान नामक चक्रवात बुधबार बिहान दक्षिणी अमामी द्वीप समूहबाट ८० किलोमिटर उत्तरपूर्वमा २५२ किलोमिटर प्रति घण्टाको गतिमा आएको थियो ।

अधिकारीहरूका अनुसार भारी वर्षाले मङ्गलबार राति आइची प्रान्तको गामागोरी सहरमा घर बगाउँदा उनीहरूको बेपत्ता भएका हुन् ।

एकै परिवारका पाँच जना सदस्य बसेको घर पहिरोले प्रभावित हुँदा एक जनालाई उद्धार गरिएको तथा अन्य चार जनाको खोजी जारी रहेको गामागोरीका एक अधिकारीले  बताउनुभयो ।

मौसम पूर्वानुमानसम्बन्धी निकायले बुधबार अमामीसहित कागोसिमा प्रान्तमा भारी वर्षाको चेतावनी जारी गर्न सक्ने एजेन्सीका एक अधिकारीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

चक्रवातका कारण जापानमा एयरलाइन्सहरूले दर्जनौँ उडानहरू रद्द गरेका छन् भने यस हप्ता बुलेट ट्रेन सञ्चालन स्थगित हुनसक्ने बताइएको छ ।

अधिकारीहरूले सानसान चक्रपात यस हप्ता मुख्य दक्षिणी टापु क्युशुतिर जाने अनुमान गरिएको थियो ।

यस क्षेत्रमा टाइफुन तटरेखाको नजिक बनिरहेकाले जलवायु परिवर्तनका कारण भूमिमा  लामो समयसम्म टिक्ने गरेको  गत महिना जारी गरिएको एक अध्ययनले जनाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया