श्रावण ७, २०८२ बुधबार July 23, 2025

सरकारको कामको समीक्षा गर्न एमालेको सचिवालय बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्ताव, सरकारको कामको समीक्षा, तेस्रो चरणको पार्टीको सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित हुनेछ। एमालेले सरकार र सांगठनिक गतिविधि सँगसँगै लगेर जनतामाझ पुग्ने लक्ष्य राखेको छ।

पछिल्लो समय एमालेले पार्टीलाई चलायमान बनाइरहेको छ। मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा चलाएको एमालेले हाल सरकारको नेतृत्व गरेपनि ‘मिसन ८४’ मा केन्द्रित देखिएको छ। मिसन ८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

एमालेले यसअघि २०८१ सालमा संगठन र सदस्यता विस्तार गर्ने, पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजना तयार पार्ने निर्णय गरेको थियो। एमालेको यस अगाडि बसेको सचिवालय बैठकले मिसन ८४ लाई केन्द्रित गरी ठूलो संख्यामा केन्द्रीय सदस्य र पदाधिकारीहरूको जिम्मेवारी हेरफेर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार