श्रावण ७, २०८२ बुधबार July 23, 2025

एमाले पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने सचिवालय बैठकको निर्णय

पार्टी प्रवेश र जिम्मेवारी विहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १३ गते। सत्तारुढ दल नेकपा (एमाले) को पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताउनुभयो। ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ।

पार्टी प्रवेश र जिम्मेवारी विहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको  छ। हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्याङ्कनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको सुरुवात गर्ने, कमिटीहरू विधिसम्मत ढङ्गले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशमा सात वटा स्थायी पार्टी स्कुल सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दीक्षित हुने ढङ्गले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो।

बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने निर्णय गरेको छ। त्यस्तै कम्युनिस्ट पार्टीहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ।

उहाँले पार्टीले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष दिवङ्गत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको पनि बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार