श्रावण ७, २०८२ बुधबार July 23, 2025

समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

पार्टीका सबै नेता तथा कार्यकर्ता सङ्कल्पबद्ध, योजनाबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १३  गते। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ।

यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारी, पोलिटब्यूरो कमिटी तथा सिङ्गो केन्द्रीय कमिटीका सदस्यले दृढ र एकताबद्ध भएर महाधिवेशनले पारित गरेको क्रान्तिकारी कार्यदिशा पूरा गर्नुपर्ने बताउनुभयो।

उहाँले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतले पारित गरेका दस्ताबेजले नेपाली विशेषताको समाजवादी कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। जनताको आर्थिक तथा सामाजिक रूपान्तरण कायम गर्ने पार्टीको काँधमा ऐतिहासिक अभिभारा आएको बताउँदै अध्यक्ष नेपालले त्यसलाई पूरा गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ता सङ्कल्पबद्ध, योजनाबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा नवनिर्वाचित १८ पदाधिकारी साथै ८४ पोलिटब्यूरो सदस्यलाई शपथ गराइएको छ। पार्टी अध्यक्ष नेपालले ती सदस्यलाई शपथ गराउनुभएको हो। पदाधिकारी तथा पोलिटब्यूरो सदस्यलाई पूर्णता दिन निर्वाचन गरिएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार