श्रावण ७, २०८२ बुधबार July 23, 2025

सबैले आवश्यक ठाने संविधान संशोधन हुन्छ : सभापति देउवा

अरु देशको तुलनामा अझ बढी प्रगतिशिल लोकतान्त्रिक समाज स्थापित गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताउनु भयो ।

उहाँले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पार्नुभयो । सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताउनु भयो । उहाँले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताउनु भयो ।

संविधानका आधारभुत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने बताउनु भयो । संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको बताउनु भयो । अरु देशको तुलनामा अझ बढी प्रगतिशिल लोकतान्त्रिक समाज स्थापित गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपय कुरा यो संविधानमा संशोधन हुनसक्ने अवस्था पनि छ । कति कुराहरु आवश्यक प¥यो भने देखिलाई, सबैले ठान्यो भने देखिलाई संशोधन हुनसक्छन् । तर अहिले वास्तवमा भन्ने हो भने धेरै राम्रो महत्वपूर्ण कामहरु भएको छ । यो संविधान समावेशी संविधान छ । समानुपातिकता सम्बन्धमा अझै कति समानुपातिक भन्ने भन्ने छ वास्तवमा । त्यसकारण समावेशी सहितको संविधान छ । कति मानिसहरु चुनावहरु आउन धेरै गाह्रो छ, उहाँहरुलाई त्यसकारण समावेश गर्नुपर्नेछ । राज्य सत्तामा उनीहरुलाई समावेशीताका साथ सहभागी गराउनुपर्छ भन्ने धारणा छ । त्यसको आधारमा समावेशी राखिएको छ ।

समावेशी सहितको प्रजातन्त्र राखिएको छ । यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो । त्यसकारण फण्डामेण्टल कुराहरुमा परिवर्तन हुन सक्दैनन् । त्यहाँ लेखिएको पनि छ । अहिले समावेशिताको आधारमा जो सबै नेपालीहरु अटाउने संविधान छ । त्यसका केही कमी कमजोरी छन् भने सच्याएर अघि बढाउनुपर्छ । महत्वपूर्ण कुरा प्रजातन्त्र र मानव अधिकार हो । मानव जातिले निर्वाध रुपमा आफ्नो अधिकार प्राप्त गर्न पाउनुपर्छ । डर, त्रास मुक्त देशको रुपमा स्थापित गराउनु पर्छ । अरु देशको तुलनामा अझ बढी भाइब्रेट डेमोक्रेसी सोसाइटी स्थापित गर्नुपर्छ ।’

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाइ जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने बताउनु भयो । नेपाललाई गरिवी मुक्त गराउनुपर्ने र सबै लागेर काम गरे समावेशी नेपाल बन्ने बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार