श्रावण ७, २०८२ बुधबार July 23, 2025

आहुती नेतृत्वको वैज्ञानिक समाजवादीले असोज ३ देखि राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनसहितको प्रारम्भिक सत्र तथा ४ र ५ गते भक्तपुरको बोडेमा बन्द सत्र हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय सम्मेलन आगामी असोज ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

‘नयाँ युगको नयाँ कम्युनिष्ट आन्दोलन अगाडि बढाऔँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय सम्मेलन सफल पारौँ,’ भन्ने नारासहित पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको तयारी भइरहेको उक्त पार्टीकी नेता धनकुमारी सुनारले जानकारी दिइन् ।

उनका अनुसार वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम राष्ट्रिय भेला २०७८ चैत्र १७, १८ र १९ मा भएको थियो । उक्त भेलाले पारित गरेको समानान्तर वैज्ञानिक समाजवादी राजनीति, अर्थतन्त्र र संस्कृति निर्माणको कार्यदिशामा प्रारम्भिक फड्को मार्दै दुई वर्षपछि अहिले प्रथम राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शनसहितको प्रारम्भिक सत्र तथा ४ र ५ गते भक्तपुरको बोडेमा बन्द सत्र हुनेछ । सम्मेलनमा ७७ वटै जिल्लाका प्रतिनिधि तथा सबै उत्पीडित वर्ग एवं समुदायको निर्णायक प्रतिनिधित्व हुने नेता सुनारले जानकारी दिइन् ।

‘सम्मेलनले हाम्रो विचारधारात्मक तथा संगठनात्मक मार्गदर्शनलाई अझ स्पष्ट र सुदृढ बनाउँदै नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको वैचारिक एवं सङ्घठनात्मक रणनीति विकास गर्नेछ । यस सम्मेलनले नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माण गरीछाड्ने हाम्रो सङ्कल्प र कार्यदिशालाई अझ थप नयाँ उचाइमा पुर्‍याउनेमा हामी पुर्णतः आशावादी छौँ,’ उनले भनिन्, ‘नेपालमा वर्ग संघर्षलाई घनिभूत पार्दै श्रमजीवी सर्वहारा तथा विस्थापित वर्ग, किसान, महिला, दलित, उत्पीडित राष्ट्र, र सीमान्तकृत समुदायको वास्तविक मुक्ति हुने ढाँचाको राजनैतिक व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माण एवं रक्षाका निम्ति विस्तृत रणनीतिक योजना तयार गरी सो को क्रियान्वयनका लागि आवश्यक नवीन योजनाको निर्माणका निम्ति सम्मेलन फलदायी हुनेछ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार