काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी गीता तिम्सिनालाई दिएको छ ।
संसदीय दलको बैठकपछि दलका नेता इन्द्रबहादुर आङ्बोले तिम्सिनालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
मोरङकी तिम्सिना समानुपातिक सांसद हुन् । माओवादी केन्द्रले प्रमुख सचेतक तोकेपनि उपनेता र सचेतक तोकेको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया