श्रावण ७, २०८२ बुधबार July 23, 2025

समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : प्रवक्ता डा. महत

चुनौती स्वीकार गरेरै एमालेसँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता डा महतको स्पष्टोक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

जय नेपाल फाउण्डेसनले शनिबार मकवानपुरको हेटौँडामा आयोजना गरेको ‘राजनीति नेतृत्वको सबक-युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उनले महिला, मधेशी, आदिवासी जनजाति, दलितलगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राखे ।

‘महिलाको ३३ प्रतिशत र अरू समुदायको प्रतिनिधित्व नघट्ने गरी प्रत्यक्ष निर्वाचन विधिबाट समानुपातिक समावेशितालाई सुनिश्चित गर्दै संविधान संशोधन गर्न सकिन्छ’, उनले भने,  ‘यसबाट महिलालगायत वर्गमा प्रत्यक्ष चुनाव लड्ने गरी नेतृत्वको विकास हुन्छ । एउटै दलले बहुमत ल्याउन सक्छ । यस्तो भन्दैमा पार्टीको त्यसै  बहुमत आउँदैन । त्यसका लागि पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर जनताको घरमा पुग्नुपर्छ ।’

चुनौती स्वीकार गरेरै एमालेसँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता डा. महतको स्पष्टोक्ति थियो । ‘तेस्रो दल भए पनि हामीले सरकारको नेतृत्व गर्न माओवादीलाई दिएकै हो, स्थिरता कायम हुन सकेन । त्यसैले कांग्रेसले एमालेसँग सहकार्य गर्न पुग्यो । यो सहकार्य कम चुनौतीपूर्ण छैन भन्ने कुरामा हामी प्रष्ट छौँ’, उनको भनाइ थियो ।

प्रतिनिधिसभा सांसद डा महतले अब नेपालमा केही गर्न सकिँदैन, केही हुँदैन भनेर बन्दै गरेको भाष्य चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । ‘आजभन्दा केही वर्षअघिसम्म नेपालका दुर्गम गाउँ बस्तीमा सडक पूर्वाधार पुग्छ भन्ने कसैले कल्पना गरेको थियो ? तर आज गाउँगाउँमा सडक, स्वास्थ्य, शिक्षालगायत पूर्वाधार पुगेका छन् । त्यसैले यहाँ पनि धेरै कुराहरू सम्भव छ भन्ने कुरा युवामा बुझाउनुपर्छ’, उनले भने ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले व्यवस्था मात्र फेरिएकाले अब जनताको अवस्था फेर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताए । सामाजिक र आर्थिक विकासमा युवा शक्तिलाई सदुपयोग गर्न सकिए छिट्टै मुलुक सम्बृद्ध बन्ने जिकिर गर्नुहुँदै उहाँले युवाहरूमा बढ्दै गएको निराशा र असन्तुष्टिलाई दृष्टिगत गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार
आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
२०८२ श्रावण ७, बुधबार
आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल पर्व मनाइँदै
२०८२ श्रावण ७, बुधबार
काभा च्याम्पियन लिग : हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग खेल्ने
२०८२ श्रावण ७, बुधबार
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार