श्रावण ७, २०८२ बुधबार July 23, 2025

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १६ भदौ । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आइतबारदेखि नेपालगञ्जमा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु | Nagarik Newsकेन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको रायसुझाव लिने गरेका छन् । बैठकमा उपमहासचिवसम्मका केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्ने गरेका छन् ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिक रूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार
आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
२०८२ श्रावण ७, बुधबार
आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल पर्व मनाइँदै
२०८२ श्रावण ७, बुधबार
काभा च्याम्पियन लिग : हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग खेल्ने
२०८२ श्रावण ७, बुधबार
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार