श्रावण ७, २०८२ बुधबार July 23, 2025

चाडपर्वलाई भड्किलो नबनाउन महासचिव पोखरेलको सुझाव

नेपाली संस्कृतिको जग भनेको नेपाली समाजको विविधताबीचको एकता भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ भदौ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चाडपर्वलाई भड्किलो नबनाउन सुझाव दिनुभएको छ ।

नेपाल बुद्धिजीवि परिषद् केन्द्रीय महिला विभागले आज यहाँ आयोजना गरेको ‘सामाजिक रुपान्तरणका लागि तीज’ कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो, “खर्च गर्ने कुरा आफैँमा नराम्रो होइन । तर के गर्दा अर्थतन्त्रको आधार विकास हुन्छ र के गर्दा अर्थतन्त्र कमजोर हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्दछ ।” नेपालको मौलिक संस्कृतिको महत्वलाई बुझ्नुपर्ने उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले तीज पर्वलाई संस्कृतिको माध्यमबाट जागरणको पर्व बनाउन सकिने बताउनुभयो । पर्वमा सही बिचारलाई सम्प्रेषण गर्न सकिए त्यसले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले नेपाली संस्कृतिको जग भनेको नेपाली समाजको विविधताबीचको एकता भएको उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार
आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
२०८२ श्रावण ७, बुधबार
आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल पर्व मनाइँदै
२०८२ श्रावण ७, बुधबार
काभा च्याम्पियन लिग : हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग खेल्ने
२०८२ श्रावण ७, बुधबार
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार