श्रावण ७, २०८२ बुधबार July 23, 2025

एमालेको पोलिटब्युरो बैठक बस्दै

केन्द्रीय कमिटी बैठकमा लैजाने एजेण्डाका बारेमा पनि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा गत बिहीबार बसेको पार्टीको सचिवालय बैठकले आज र भोलिका लागि पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठक दिउँसो १ बजे बस्न लागेको हो। उनका अनुसार सचिवालयले राखेको प्रस्ताव, पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीति, सरकारको कामको समीक्षा, तेस्रो चरणको पार्टीको सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित हुनेछ।

बैठकमा २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल र केन्द्रीय कमिटी बैठकमा लैजाने एजेण्डाका बारेमा पनि छलफल हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया