श्रावण ७, २०८२ बुधबार July 23, 2025

कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्छ : पूर्वमन्त्री डा. महत

राजनीतिक स्थायित्व कायम राख्न अहिलेको समानुपातिक प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचनमा लग्नेगरी संविधान संशोधन गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ, १८ भदौ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

बिपी चिन्तन प्रतिष्ठान कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘नेपालमा कृषि क्रन्ति : सम्भावना र चनौती’ विषयक विचार गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषिमा आश्रित दुई तिहाइ जनतालाई उद्योग, व्यवसायमा वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा महतले विदेशबाट शीप सिकेर फर्केका युवालाई तराई पहाडमा सामूहिक खेतीमार्फत उत्पादनको आधारमा अनुदान उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो । उहाँले कृषिमा आत्मनिर्भर हुन स्वदेशी किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै कृषि उत्पादनमा अतिरिक्त भन्सार महसुल लगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

फरक प्रसङ्गमा नेकां प्रवक्ता डा महतले राजनीतिक स्थायित्व कायम राख्न अहिलेको समानुपातिक प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचनमा लग्नेगरी संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य भीम पराजुली र डोल्मा तामाङले तीन तहको सरकारले पालिकास्तरमा शीतभण्डार निर्माण गरेमा कृषकले कृषि उत्पादन बृद्धि गर्नुका साथै कृषिउपजको उचित मूल्य पाउने विचार राख्नुभयो ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष अनिलकृष्ण प्रसाईं, सहअध्यक्ष पुष्पराज पराजुली, नेकां प्रदेश सहमहामन्त्री प्रमिला गच्छदारलगायतले कृषकलाई कृषि उत्पादन प्रशोधनमा विद्युत्मा छुट दिनुपर्ने सुझाव दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार