असार २१, २०८२ शनिबार July 5, 2025

महाधिवेशनमा म कांग्रेसको सभापतिको उम्मेदवार : नेता कोइराला

१५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा शसांक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, भदौ १९ गते । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनु भएको छ ।

बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताउनुभयो ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उहाँ यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । नेता कोइरालाले भन्नुभयो, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।”

महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उहाँले थप्नुभयो, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।” नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार