असार २२, २०८२ आइतबार July 6, 2025

कर्मचारीमाथि राजनीतिक हस्तक्षेप भन्दा पनि फाइदाका लागि कर्मचारीहरूले राजनीति गरे : राजेन्द्र बजगाईँ (अन्तवार्ता)

राजनीति करेक्सन नभएसम्म कर्मचारीतन्त्र करेक्सन हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसदमा आफ्नो उपस्थितिलाई कसरी लिनु भएको छ ?

संसद गरिमामय ठाउँ हो भन्ने लागेको थियो । तर, मेरो अनुभवमा एक दलले अर्को दलको उछितो काड्ने र कसरी अर्को दलको दोष देखाउन सकिन्छ भन्ने थलोको रूपमा संसद रहेको पाएँ ।

निराशा बढ्दो छ । जनताले पत्याउने परिस्थिति छैन । राजनीतिज्ञ खराब नै हुन्छन् भन्ने परेको छ । यो अवस्थालाई चिर्नुपर्ने छ । जनताको प्रक्षेपणबाट जोगिनका लागि प्रतिरक्षामा हिँडेको जस्तो लागि रहेको छ ।

सांसदको रूपमा आफूले खेलेको भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?

संसद वा समितिमा कतिपय विषयहरू प्रतिनिधि मूलकरुपमा बोल्ने गरिन्छ । कतिपय कुरा प्रतिकात्मक/सांकेतिक रूपमा बोलिन्छ ।

सबै कुराहरू सबैले बुझ्छन् भन्ने छैन । कतिपय सांसदहरुले बोलेका विषय ग्रहण योग्य हुन्छन् । नेपालको राजनीतिमा नेतृत्वतहबाटै शुद्धीकरण आवश्यक छ । नेतृत्वतहबाटै राम्रो भूमिकाको अपेक्षा गरिएको हुन्छ भने त्यसको असरत सबैमा पर्ने नै भयो ।

सदनमा बोलेका कुरा कति सम्बोधन हुन्छन् ?

सम्बोधन हुँदैन । इन्ट्रेशको कुरा पनि हुन्छ । इन्ट्रेश नमिलेपछि सम्बोधन हुने कुरै भएन । राम्रो बोलेको कुरा सम्बोधन भयो भने त्यसको क्रेडिट राम्रो बोल्ने मान्छेले लिन्छ । जनताको नजरमा उ राम्रो हुन्छ । यसकारण पनि सम्बोधनको प्रयास गरिँदैन । तीन चार पटक कुरा उठाउँदा पनि सम्बोधन भएको अवस्था छैन ।

चीनमा दुई जना नागरिक थुनिएको विषयमा मैले तीन पटक कुरा उठाएको छु । रसियाको सेनामा नेपाली युवा भर्ना भएका छन् भनेर मैले कुरा उठाए । तर, यी विषयमा सुरुमा सम्बोधनको प्रयास भएन । पछि व्यापक दबाब परेपछि मात्र सरकारले रसियाको विषयमा बोल्न बाध्य भयो ।

सांसदको काम विकास गर्ने कि कानून बनाउने ?

कानून बनाउने ।

तर, कानून बनाउनमा केन्द्रित भए जस्तो त देखिँदैन ?

लोकेन्द्र बहादुर चन्दको बैतडी, मरिचमान सिंह श्रेष्ठको प्युठान, सूर्य बहादुर थापाको धनकुटामा विकास भएको अवस्था छ ।

जुन क्षेत्रको व्यक्ति अर्थमन्त्री भएको छ । त्यहीँ क्षेत्रमा बढी विकास निर्माणका काम भएको छ । सांसदको काम कानून बनाउने भए पनि विकासका काम गर्ने गरेको पाइन्छ । मन्त्रीका क्षेत्र विकास भएपछि जनताले अन्य सांसदहरूसँग पनि विकास निर्माणको अपेक्षा राखेका हुन्छन् ।

अर्को कुरा चुनावमा मत माग्दा पनि सडक, कुलो, बिजुली, विद्यालय, खानेपानीको धारा बनाइदिन्छु भनेर भनेको हुन्छ । जनताले पनि त्यहीँ अपेक्षा राख्छ । अनि कानून बनाउँछ, विकास निर्माणको काम मेरो होइन भनेर कसले पत्याउँछ ?

पञ्चायत अघिदेखि नै सांसदले विकास निर्माण गरिदिन्छ भन्ने परेको छ । त्यो पारिएको छ । यो पहिलेदेखि नै भूमिका भन्दा फरक काम गर्ने बानी परेको छ ।

राजनीति भनेको आफ्नो वा छोराको पालाको लागि सोचेर गर्ने होइन । यो त नातिनातिनाको लागि सोचेर, भविष्यको लागि सोचेर गर्ने विषय हो । हाम्रो त्यो सोच छैन । यहाँ निर्वाचनको लागि मात्र सोचेर काम गर्ने गरिन्छ । कानून निर्माणको के कुरा गर्ने ? दुईवटा कानून निर्माण गर्न डेढ वर्ष लागेको छ ।

कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?

कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन/अनुसन्धानमा पर्ने भएकाले त्यसबाट पनि त्रास छ । राजनीतिज्ञलाई कर्मचारीले पर्याप्त सहयोग नगर्दा पनि समस्या भएको पाइन्छ ।

कतिपय कानूनहरुमा दोहोरोपना छ, यसले पनि काम गर्न समस्या भएको देखिन्छ । कानूनहरुको ओभर ल्यापिङका कारण पनि कर्मचारीतन्त्र समस्यामा छ । क्षेत्राधिकार पनि खोसाखोस छ । सबै सिस्टममा सुधार नगर्दासम्म कर्मचारीतन्त्रमा सुधार आउँदैन । असन्तुष्टिहरू रहिरहन्छन् ।

राजनीति करेक्सन नभएसम्म कर्मचारीतन्त्र करेक्सन हुँदैन । कर्मचारीहरूको एउटा युनियन भयो भने कर्मचारीको हितमा कुरा हुन्थ्यो ।

कर्मचारीहरूबाट कत्तिको सहयोग पाइन्छ ?

कर्मचारीहरूले सहयोग गर्न खोजे जस्तो लाग्छ । कानून मिचेर काम गर भनेर दबाब दिएको हुँदैन, त्यसैले सहयोग गरे जस्तै लाग्छ ।

जिल्लाका सरकारी निकायहरूलाई कुनै पनि दबाब दिएको छैन, यसकारण मिल्नेसम्मका काममा सहयोग भए जस्तो लाग्छ । तर, कहिलेकाहीँ प्रक्रियागत ढिलाइले काम ढिलो भएको नागरिकबाट गुनासो आउँछ ।

सार्वजनिक सेवा सुधारका लागि के गर्नुपर्छ, तपाईँका सुझाव के छन् ?

शिक्षामा सुधार गर्नुपर्छ । सबैभन्दा पहिले सरकारी कर्मचारी र शिक्षकले आफ्ना सन्तान सरकारी विद्यालयमा पढाउनु पर्छ । शिक्षामा सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ ।

शिक्षक पेसामा आकर्षण बढाउनु पर्छ, किन कि शिक्षकले नेपालमा जागिर गर्नुभन्दा वैदेशिक रोजगारीमा जान रुचि राख्छ । अमेरिका जान खुट्टा उचालेर डिभी भर्छ किन ? यो बारेमा गम्भीर भएर सोच्नु पर्छ ।

एकीकृत बस्ती हुनुपर्छ । पूर्वाधार बन्नु पर्‍यो । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा निःशुल्क गर्नुपर्छ । शिक्षाबाटै सार्वजनिक सेवामा सुधार गर्न सकिन्छ ।

नागरिकसँग प्रत्यक्ष जोडिएका सेवा प्रवाहलाई व्यवस्थित र चुस्तदुरुस्त राख्नु पर्छ । कर्मचारीहरूलाई मेरो करियर नेपालमै छ भन्ने हुनुपर्छ ।

कर्मचारीहरूमाथि राजनीतिक हस्तक्षेप भए जस्तो लाग्छ तपाईँलाई ?

कर्मचारीहरूले राजनीतिक हस्तक्षेप आमन्त्रण गरिरहन्छन् । कर्मचारीतन्त्रमाथि राजनीतिक हस्तक्षेप भन्दा पनि कर्मचारीतन्त्रले आफैँ राजनीतिक हस्तक्षेप निमन्त्रणा गरिरहेको हुन्छ ।

यो हस्तक्षेप दोहोरो फाइदाका लागि हुने गर्छ । राजनीतिज्ञहरूले जनताबाट आलोचना खेप्नुपर्छ । भ्रष्टाचारका मुद्दा पनि लागेका छन् । तर, कर्मचारीतन्त्र बलियो छ । अख्तियारमा पूर्वकर्मचारीहरुको नियुक्तले पनि यसलाई प्रष्ट पार्छ ।

विभिन्न निकायमा नियुक्ति लिने र राजदूत बन्ने पनि पूर्वकर्मचारीहरुबाटै हुने गर्छ । यसबाट पनि देखिन्छ कि कर्मचारीले अवकाश पछि पनि पटक पटक नियुक्ति लिएको हुन्छ ।

कर्मचारीमाथि राजनीतिक हस्तक्षेप भन्दा पनि फाइदाका लागि कर्मचारीहरूले राजनीति गरेको जस्तो देखिन्छ ।

सांसदसँग आमनागरिकको अपेक्षा के हुँदो रहेछ ?

आमनागरिकको अपेक्षा भ्रष्टाचार नगरोस्, आफ्नो लागि मात्र नसोचेर हाम्रो मतको कदर गरोस्, इमर्जन्सि पर्दा आइपुगोस्, सहयोग गरोस् भन्ने हुन्छ । नागरिकका यिनै चाहान पूरा गर्न पाउँदा सन्तुष्टि मिल्ने गर्छ । प्रशासन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार