श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

देशभरका नगरपालिकामध्ये १७ नगरपालिकाले मात्रै विश्व बैकको अनुदान पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ) । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो ।

स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गरिने उनले बताए ।

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि ढिलोगरी सडक निर्माणको ठेक्का सम्झौता भएको छ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ–७ को मुलपानीबाट तितौरेसम्म आठ दशमलव छ किलोमिटर, ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किमी र गणेश घुम्तीबाट नीरयघाटको एक दशमलव पाँच किमी सडक कालोपत्रसहित स्तरोन्नति भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरभित्र सडक कालोपत्र गर्न पहिलो पटक ठूलो रकममा ठेक्का सम्झौता भएको बताउँदै आगामी जेठभित्र कालोपत्र सक्नेगरी निर्माण व्यवसायीले सडक चौडा पार्ने, पर्खाल लगाउने र ग्याबिन जाली भर्ने काम गरिरहेका नगरप्रमुख श्रेष्ठले उल्लेख गरे ।

“नगरपालिकामा यति ठूलो योजना कार्यान्वयनमा गएको पहिलो पटक हो, सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ”, श्रेष्ठले भने, “ठेक्का सम्झौता गरेको भोलिपल्टदेखि व्यवसायी काममा खटिनुभएको छ, निर्धारित समयमा निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ ।”

नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । सडक निर्माणको जिम्मा आशिष/फेवा जेवीले लिएको छ । नगरपालिका भित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेलसम्बन्धी हुने अपेक्षा गरिएको छ । उक्त सडक प्रविधिमैत्रीसमेत हुनेछन् ।

उक्त सडकहरू आठ मिटर चौडा हुनेछन् भने तीन सडकको लम्बाइ १३ किमी हुनेछ । देशभरका नगरपालिकामध्ये १७ नगरपालिकाले मात्रै विश्व बैकको अनुदान पाएका बागलुङ नगरपालिकाले जनाएको छ ।

अहिले तीनवटै सडक चौडा पार्न, पर्खाल लगाउने काममा दुई सय मजदुर, आठ वटा ठूला स्काभेटर परिचालन गरिएको निर्माण व्यवसायी आशिष फेवा जेवीका राजेन्द्र पहाडीले बताए । भारी वर्षाका कारण काम गर्न समस्या भइरहेको भन्दै वर्षा रोकिएपछि पुनः कामको गतिलाई वृद्धि गरिने उनले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार