श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सबै दलको सहमतिमा संविधान संशोधन अघि बढाइन्छ – उपसभापति खड्का

महासमिति बैठकमा प्रस्तुत प्रस्ताव केन्द्रीय समितिबाट पारित भएको र त्यसलाई दस्ताबेज बनाएर देशभर पुर्‍याउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै दलको सहमतिमा संविधान संशोधन अघि बढाइने बताउनुभएको छ ।

धनगढीमा आज काँग्रेसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले काँग्रेस जिम्मेवार दल भएकाले संविधान कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसको काँधमा रहेको बताउनुभयो । उहाँले काँग्रेसकै नेतृत्वमा दलहरू मिलेर संविधान जारी भएको चर्चा गर्नुहुँदै संविधान संशोधनको विषयलाई काँग्रेसले अघि सारेको बताउनुभयो ।

उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत प्रस्ताव केन्द्रीय समितिबाट पारित भएको र त्यसलाई दस्ताबेज बनाएर देशभर पुर्‍याउने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रमले सकारात्मक सन्देश दिएको उल्लेख गर्नुहुँदै यसले पार्टीलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी, सुशिला भट्ट, प्रदेश सभापति वीर बहादुर बलायर लगायतले पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा काँग्रेसका प्रदेश, जिल्ला, क्षेत्र तथा प्रदेश समितिका पदाधिकारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार