श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको नारायणकाजीको दाबी

जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शव्दले परिवर्तनलाई नै अपमान गर्ने काम भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका छन्।

पोष्टबहादुर बोगटीको दशौं स्मृति दिवसमा माओवादी केन्द्रले आइतबार पार्टी कार्यालय पेरिसडाडामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको पछिल्लो कामकारवाहीलाई हेर्दा भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको दाबी गरेका हुन्।

पछिल्लो समय सहकारी प्रकरणमा सांसदहरु मुछिँदै गएकाले उनीहरुलाई कस्तो कारवाही वा अनुसन्धान हुन्छ भन्ने जनताले हेरिरहेको उनले बताए।

श्रेष्ठले माओवादीको जनयुद्ध वा संविधानमा उल्लेख सशस्त्र द्वन्द्वलाई होच्चाउने काम सत्तापक्ष सांसदहरुबाट भएकाले प्रतिवाद गर्नुपरेको दाबी गरे। हिंसा शव्द नै सदनमा प्रयोग हुन सक्दैन भन्ने नभई जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शव्दले परिवर्तनलाई नै अपमान गर्ने काम भएको उनले बताए।

श्रेष्ठले समाजवादी मोर्चालाई क्रियाशिल बनाउन सक्रिय भूमिका खेल्ने र जनताको मुद्दाका बिषयमा बिचार मिल्नेसंग सहकार्य गर्दैै अघि बढ्ने जनाए। उनले माओवादी नेतृत्वको सरकारले कुनै गल्ती नगरि राम्रा काम गरेकाले नै सरकारबाट हटाइएको जिकिर गरे।

सरकारबाट बाहिरिएपछि पनि माओवादीलाई आफूले गरेका कामका कारण जनताका अगाडि मुख देखाउन कुनै समस्या नरहेको उनको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार