श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुमन सायमीको साथ लिदै राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी

राजेन्द्र महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” नामक राजनीतिक दल गठन गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।

पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको बताएका छन् ।

नयाँ पार्टी घोषणा गरेका महतोले तत्कालै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिईने पनि जानकारी दिएका छन् । महतोले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन् । गत आम निर्वाचनमा काठमाडौं ८ बाट स्वतन्त्र उम्मेदवार बनेका सामयी दोस्रो भएका थिए । त्यसयता उनी महतो नेतृत्वको अभियानमा सक्रिय बनेका थिए ।

पार्टी घोषणा गर्दै महतोले भनेका छन्- ‘देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको छ ।’

महतोले चलाउदै आएको अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको मिति २०८१ असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले राजेन्द्र महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ ।

बैठकले सोको जानकारी निर्वाचन आयोगलाई दिने र कानुनी सबै प्रकृया पूरा गरी विधिवत रुपमा निर्वाचन आयोगमा दल दर्ता सम्वन्धि सवै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ता गराउन सबै अधिकार राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार