असार २१, २०८२ शनिबार July 5, 2025

प्रदेश संरचना हट्दैन, यसलाई अझ उत्तरदायी र पारदर्शी बनाउनुपर्छः सभापति देउवा

प्रदेश संरचनालाई हटाउन सकिन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रजातन्त्रलाई मजबुद बनाउनका लागि संविधान संशोधन गर्न सकिने बताएका छन्।

संविधान दिवसको सन्दर्भमा मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको कानुन विभागले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस–एमालेले भन्दै आएको संविधान संशोधन प्रजातन्त्रको खिलापमा नभई प्रजातन्त्रलाई मजबुद बनाउनका लागि हुने बताएका हुन्। कांग्रेस–एमाले प्रजातन्त्रको पक्षमा लडेका पार्टीहरु भएकाले कुनै शंका नगर्न उनले आग्रह गरे।

त्यस्तै देउवाले प्रदेश संरचनालाई हटाउन नसकिने भन्दै यसलाई अझ बढि उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। उनले समानुपातीकका बिषयमा प्रश्न उठेपनि समावेशीताको खिलापमा जनमत नरहेको धारणा राखे।

कतिपय समुदाय आफैँ चूनाव जित्न नसक्ने अवस्थामा रहेकाले समावेशी राजनीति आवश्यक रहेको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार