श्रावण ६, २०८२ मंगलबार July 22, 2025

माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाधिवेशनबारे छलफल

पार्टी अध्यक्ष, महासचिव, विद्यार्थी मोर्चा हेर्ने प्रमुख र विद्यार्थी सङ्गठनका अध्यक्ष बसेर महाधिवेशनको नयाँ मिति तय गरिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले पार्टीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महाधिवेशनका सम्बन्धमा छलफल भएको प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विद्यार्थी सङ्गठनको महाधिवेशन असोजको पहिलो साता तय भएको भए पनि आवश्यक तयारी पूरा नभएको भन्दै  केही दिन सारिएको हो । सोही सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भएको उहाँको भनाइ छ । पार्टी अध्यक्ष, महासचिव, विद्यार्थी मोर्चा हेर्ने प्रमुख र विद्यार्थी सङ्गठनका अध्यक्ष बसेर महाधिवेशनको नयाँ मिति तय गरिने उहाँले बताउनुभयो ।

यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको काम कारबाही एवं देशभर भएका बैठक तथा छलफलका बारेमा विचार विमर्श भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । मुलुकभरि अनेकन प्रकारका अराजकता देखा परेकामा माओवादी केन्द्रले चिन्ता व्यक्त गरेको छ  । उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध गर्नुपर्छ । जनवर्गीय सङ्गठनलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार