श्रावण ६, २०८२ मंगलबार July 22, 2025

काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली

देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै व्यवहारिक कुरा गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्रह गर्नुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने भनाइ राख्नुभयो । उहाँले सेवा गरेमात्र जनताले पत्याउने बताउनुभयो । देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उहाँले व्यवहारिक कुरा गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकर्ताले इमान्दार र नैतिक आचरण हुनुपर्नेमा जोड दिनुभयो । “हामीभित्र पनि खराब बानी व्यवहार रहेका छन् भने त्यसलाई परिवर्तन गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “आफूलाई बदल्न सकेमात्र देश र जनतालाई बदल्न सकिन्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार