श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बहुमत नआए लोकप्रिय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा

बहुमत नभएको अवस्थामा जसले लोकप्रिय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिद्वारा बडादशैँ, दीपावली, नेपाल सम्वत, छठ पर्वलगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले बहुमत नभएको अवस्थामा जसले लोकप्रिय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थिर प्रधानमन्त्रीको खोजी जरुरी छ, आफूले दुई पटकभन्दा बढी प्रम बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन । स्थिर प्रधानमन्त्री रहने गरी संविधान संशोधन गर्न आवश्यक छ ।”

पार्टी कार्यकर्तामा आएको निराशा चिर्न आवश्यक रहेको बताउँदै उहाँले नेपालमा केही भएको छैन भन्ने नभई, केही भएको छ, केही अझै गर्न बाँकी भनेर बुझाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका बीचमा एक अर्कालाई दोषारोपण गर्नेभन्दा सहयोगी भावना गर्नेतिर ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासमा देखिने गरी नै नीतिगत नेतृत्व नेपाली काँग्रेसले गर्दै आएकाले भविष्यमा पनि त्यो सम्भव छ । मार्क्सवाद र लेनिनवादको विचारले नेपालको हितमा काम गर्न सक्दैन । अहिले राजनीतिमा षड्यन्त्रका तानाबाना बुनिन थालेको छ ।”

हामी आफै आफ्नो माटोमा उभिएर सार्वभौम राष्ट्रलाई आफैले नेतृत्व गर्न सक्छौँ भन्ने साहस देखाउन आवश्यक रहेको उहाँको भनाइ छ । कांग्रेस झापा सभापति देउमान थेबेले पार्टीका गतिविधिअघि बढाउन क्रियाशील सदस्य नवीकरणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ साहित्यकार कृष्ण धरावासीले पार्टी सङ्गठन सुदृढीकरण गर्न र वैचारिक रूपमा अघि बढाउन संस्थापक नेताहरूका विचारलाई अँगाल्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम सम्पर्क समिति अध्यक्ष नवीन जोशीको अध्यक्षतामा भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार