श्रावण ५, २०८२ सोमबार July 21, 2025

अनेरास्ववियु (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदै

उद्घाटनपछि शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ- अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदैछ। त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन्।

उद्घाटनपछि शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुनेछ। बन्दसत्रमा विधान तथा प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। शुक्रबार विधान तथा प्रतिवेदनमाथि समूह विभाजन गरी छलफलका लागि खुल्ला हुनेछ।

शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर ग्रुपहरूको छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुनेछ भने आइतबार प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। यस्तै सोमबार बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ। सम्मेलनमा देशभरबाट दुई हजार ३२३ जना प्रतिनिधि सहभागी हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया