जेठ २२, २०८३ शुक्रबार June 5, 2026

दिल्लीले जसलाई नेपाल हेर्ने जिम्मा दियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यतिबेला नेपालको मित्रराष्ट्र भारत आफ्ना सबैजसो छिमेकीसँग द्वन्द्वरत छ । र, उसका अनेकन पेलपालप्रति छिमेकीहरुको सतर्कता पनि बढेको छ ।

सन् १९४७ मा भारतबाटै छुटेको पाकिस्तान र सन् १९६२ देखि कालापानीको तनाव झेल्दै गरेको नेपाल, अनि चीनसँग सिमानाको विवाद छँदैछ । बंगलादेश, श्रीलंकासँग समुद्री भूभागका लफडा पनि उत्तिकै छ ।

अचम्म त के भने, भारतको विदेश नीतिमा नेपाल पटक-पटक जोडिन आउँछ । भर्खरै उसले नेपालको लागि राजदूतपछि दोस्रो वरियताको कूटनीतिज्ञसमेत परिवर्तन गरेको छ । उता, विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव हेरफेर भएको छ । यससँगै नेपालका लागि पाकिस्तानले रणनीतिक तवरले राजदूत फेरेको छ । उसले पठाउने राजदूत दिल्लीबाट आउन लागेका हुन् । अनि, दिल्लीबाट लखेटिएका राजदूत दर्जाका उच्चायुक्तलाई पाकिस्तानले चीन पठाउने भएको छ ।

भारतीय विदेश मन्त्रालयको हेरफेरचाहिँ कस्तो छ भने, सन् २०१८ पछिको छोटो समय क्रोएसियाको निम्ति राजदूत रहिसकेका पश्चिम बंगालको कोलकाता निवासी अरिन्दम बागचीले अब नेपाल र भूटान मामिला हेर्ने भएका छन् । नर्थ डेस्क हेर्ने पियुषकुमार बहराइनका लागि राजदूत नियुक्त भएपछि त्यो ठाउँ खालि हुन लागेको हो । १० दिनपछि बहराइन उड्ने पियुष अहिले अरिन्दमलाई काम–कुरा सिकाउँदै छन् । यो समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार