असार २०, २०८२ शुक्रबार July 4, 2025

दिल्लीले जसलाई नेपाल हेर्ने जिम्मा दियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यतिबेला नेपालको मित्रराष्ट्र भारत आफ्ना सबैजसो छिमेकीसँग द्वन्द्वरत छ । र, उसका अनेकन पेलपालप्रति छिमेकीहरुको सतर्कता पनि बढेको छ ।

सन् १९४७ मा भारतबाटै छुटेको पाकिस्तान र सन् १९६२ देखि कालापानीको तनाव झेल्दै गरेको नेपाल, अनि चीनसँग सिमानाको विवाद छँदैछ । बंगलादेश, श्रीलंकासँग समुद्री भूभागका लफडा पनि उत्तिकै छ ।

अचम्म त के भने, भारतको विदेश नीतिमा नेपाल पटक-पटक जोडिन आउँछ । भर्खरै उसले नेपालको लागि राजदूतपछि दोस्रो वरियताको कूटनीतिज्ञसमेत परिवर्तन गरेको छ । उता, विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव हेरफेर भएको छ । यससँगै नेपालका लागि पाकिस्तानले रणनीतिक तवरले राजदूत फेरेको छ । उसले पठाउने राजदूत दिल्लीबाट आउन लागेका हुन् । अनि, दिल्लीबाट लखेटिएका राजदूत दर्जाका उच्चायुक्तलाई पाकिस्तानले चीन पठाउने भएको छ ।

भारतीय विदेश मन्त्रालयको हेरफेरचाहिँ कस्तो छ भने, सन् २०१८ पछिको छोटो समय क्रोएसियाको निम्ति राजदूत रहिसकेका पश्चिम बंगालको कोलकाता निवासी अरिन्दम बागचीले अब नेपाल र भूटान मामिला हेर्ने भएका छन् । नर्थ डेस्क हेर्ने पियुषकुमार बहराइनका लागि राजदूत नियुक्त भएपछि त्यो ठाउँ खालि हुन लागेको हो । १० दिनपछि बहराइन उड्ने पियुष अहिले अरिन्दमलाई काम–कुरा सिकाउँदै छन् । यो समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार