भाद्र ११, २०८३ बिहिबार August 27, 2026

नेकपा अध्यक्षद्वयबीच वान टु वान छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयबिच छलफल जारी रहेको छ । बुधबार बिहान साँढे ११ बजेदेखी दुई अध्यक्षबीच वार्ता जारी रहेको हो । प्रधानमन्त्री निवाश बालुवाटारमा जारी वार्तामा पार्टीभित्र देखिएको असहज परिस्थितिलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर दुवै अध्यक्ष छलफलमा केन्द्रित रहेपनि निर्णायक हुने वा के हुने भन्ने आशंका उब्जिएको छ ।

पार्टी भित्रको विवाद सतहमा आइरहेका बेला समाधानका लागि भन्दै दुई अध्यक्षबीच पटक पटक वार्ता हुँदै आएको छ । तर हालसम्म भएका कुनै पनि वार्ताले सार्थक परिणाम दिन सकेको छैन । पछिल्ला केही दिन यता नेकपाको विवाद समाधान उन्मुख भएको बताइएपनि ठोस सहमतिमा पुग्न नसक्दा अन्याैल आशंका दुबै देखिएको छ ।

म‌ंगलबार अध्यक्षद्वयवीच भएको वार्ताले पनि कुनै निष्कर्ष दिन भने सकेन । यही अन्याैलका बिच गत असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक पनि पटक पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन २ सम्म बैठक स्थगित छ ।

आज हुने वार्ता निर्णायक हुने भनिएको छ । यद्दपी यस अघिका वार्ताबाट कुनै उपलब्धि नभएको अवस्थामा आज पनि के होला यसै भन्न सक्ने अवस्था भने छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
२०८३ भाद्र ११, बिहिबार