असार २३, २०८२ सोमबार July 7, 2025

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ंः कमिशन वापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका-२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उहाँका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।

नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए । सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिनुभयो । पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ ।

दुईको शव फेला

सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका-२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ । आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको र घर फर्की नआएको कारण खोजतलास गर्ने क्रममा खोला छेउमा यादव मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिनुभयो ।

यस्तै सिरहाको मिर्चैया नगरपालिका–९ बतहाखोलामा तत्काल सनाखत नभएको एक पुरुषको शव फेला परेको छ । खोलाको पश्चिम साइडमा अन्दाजी ४० वर्षीय सो पुरुषको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सो शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको प्रहरी उपरीक्षक पञ्जीयारले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार