असार २२, २०८२ आइतबार July 6, 2025

संघीयताले सिंहदरबारबाट गाउँसम्म भ्रष्टाचार फैलियो, नेता भनेको लुट्नेहरु जस्तो देखियो- सीपी मैनाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हाम्रो देशको अर्थतन्त्रको कुरा गर्दा महालेखा परीक्षणको प्रतिवेदन सार्वजनिक हुँदा धेरै बेरुजु देखियो यसलाई कसरी लिनुहुन्छ ?

संघीयताले गाउँगाउँमा सिंहदरबार पुर्याउने होइन । गाउँगाउँमा भ्रष्टाचार पुर्याउने संस्कार बनिसकेको छ । अहिले केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म जुन सरकारहरु छन् त्यहाँबाट हुने अनियमितता र भ्रष्टाचारले आक्रान्त पारेको छ । महालेखा परीक्षकको कार्यलयमा बेरुजु चाङ लाग्नु अस्वाभाविक होइन ।

यस्तो बेरुजुहरु संघीय सरकारको तुलनामा प्रदेश र स्थानीय सरकारमा ठूलो संख्यामा भ्रष्टाचार बढ्दै छ नि ?

संघीयताले गाउँगाउँमा सिंहदरबार पुर्याउने होइन, गाउँगाउँमा भ्रष्टाचार पुर्याउने काम गर्यो । वास्तवमा नेपालको राजनीतिक संस्कृति नै भ्रष्टाचार भएको छ । अहिले भ्रष्टाचार नेपाली राजनीतिको एउटा महत्वपूर्ण अंग बनेको छ । यो यस्तो रोग हो जुन व्यापक रुपमा फैलिएको छ । यो रोगबाट उम्कने नीतिगत र संस्थागत पहल नगरे केही गरी पनि रोक्न सकिँदैन । अहिले नेपालमा भ्रष्टाचारको रोग महामारीको रुपमा फैलिएको स्थिति छ ।

कानुन बिपरीतको खर्च साँढे खर्ब नाघेको छ, नेताहरुले किन यसरी अवैध रुपमा पैसा बाँड्छन् ? यसले त आर्थिक अराजकता आयो नि ?

अहिले आर्थिक अराजकता जुन ढंगले आयो । अहिले कोरोनाले गर्दा उठ्नुपर्ने राजश्वहरु पनि कम भइरहेको छ । विदेशको गतिविधिहरु रोकिएकाले रेमिड्यान्स र आयात, निर्यातको भन्सार पनि घटिरहेको छ । सबै मुलुकमा कोरोना लागेकाले कारोबार रोकिएका छन् । रेमिट्यान्स पनि अत्यन्तै न्यून छ । यसरी राजस्व र आयत घटिरहेका छन् । तर, प्रशासनिक र नगर्दा पनि हुने तलब, भत्ता, सुविधाका फजुल खर्च बढिरहेको छ । अर्को गैरउत्पादनमूलक खर्च जुन प्रशासनिक रुपमा गरिन्छ त्यो पनि बढिरहेको छ । आफुखुसी निर्णय गरेर स्थानीय र प्रदेश सरकारहरुले आफ्ना तलब, भत्ताहरु बढाइरहेका छन् । यसरी खस्किइरहेको अर्थतन्त्रमा बढिरहेको फजुल खर्चले अर्थतन्त्रलाई घुँडा टेकाउँछ ।

बजेटमा छुट्ट्याइएबाहेक रकामान्तरको कुरा गर्दा ३ अर्बभन्दा बढी सवारी साधनमा मात्रै खर्च भएको छ नि ?

जुन खर्च अहिले नगर्दा पनि हुने हो त्यसलाई फजुल खर्च भनिन्छ । त्यो फजुल खर्चको मात्र एकदमै बढेको छ । प्रशासनिक खर्चमा पनि गर्नुपर्नेमा पनि कम गर्नुपर्ने हो । अहिलेको अवस्थामा प्रशासनिक खर्च त बढाएका छन्छन् साथै फजुल खर्च पनि त्यत्तिकै बढाएका छन् । यसले देश, जनता र खस्कँदो अर्थतन्त्रप्रति सरकारको संवेदनशीलता नभएको देखाउँछ । जुन ढंगले खर्च भइरहेको त्यो भइरहोस् भन्ने गरी सरकार गइरहेको छ । यसले प्रशासनिक र फजुल खर्च कटाउनेमा सरकारको उद्देश्य रहेको पाइएन ।

व्यवसायमा नेता र प्रहरी नै संलग्न भए नि ?

यो सरकारको देश र जनताको अवस्थाप्रति संवेदनशील नहुने अभिव्यक्ति हो । जसरी प्रशासनिक र फजुल खर्च बढी भएको छ । विकास खर्च अहिले गर्न सकिन्न । गतवर्षको त कोरोनाले १८, २० प्रतिशत भएका होलान् । त्यस्तो स्थितिमा विकासको के परिकल्पना गर्ने, अहिले जसरी आर्थिक अनुहानहिनता, फजुल खर्च, अनियमितता, भ्रष्टाचार र सरकारी पैसाको दोहन गर्ने जुन प्रवृत्ति छ । यस्तो किसिमको संस्कृति फैलिएको राजनीतिमा यो संघीयताको कसरी फलिफाप गर्छ । बरु पहिलासांसद, मन्त्री, जनप्रतिनिधिहरुले फजुल खर्च, भ्रष्टाचार र अनियमितता गर्थे भने अहिले त्यसको संख्या हज्जारौं पुगेको छ । संघीय, प्रदेश र स्थानीय सबै तहमा सरकारी सम्पत्तिको लुट गर भन्ने संस्कृति भएको ठाउँमा नेता भनेको देश र जनतालाई दोहन गर्ने, लुट्नेहरु हुन् भन्ने जस्तो देखिएको छ । यसले देश र जनतालाई कसरी फलिफाप देला ?

अब नेकपाभित्र सहमति जुटेर पार्टी एक होला ?

अहिले उहाँहरुको लफडा मूख्य गरी संगठन सञ्चालनको विधिको विषयमा र भागबन्डाको विषयमा हो । अहिले कोरोनाको कारणले मानिसहरु बेरोजगार भएका छन् । व्यवसायहरु ठप्प छन् । त्यसमा फेरि बाढीपहिरो थपिएको छ । जसका कारण जनता आक्रन्त छन् । यी समस्या समाधान गर्ने विषयमा नेकपाभित्र झगडा होइन । पहिलो कुरा पार्टीको सिद्धान्त र विधि अनुसार पार्टी र सरकार चलेन भन्ने हो । अर्को पार्टीभित्र भागबन्डा मिलेन भन्ने यी दुईवटा विषय हुन् । अहिले प्रधानमन्त्रीको अडान म अहिले कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष दुवै छोड्दिन भन्ने रहेको छ । उता अर्को पक्षले उहाँलाई दुवै पदबाट हटाउनुपर्छ भन्ने अडान रहेको छ । यस्तो स्थितिमा के सहमति होला । अहिले जुन अवस्थामा देश फसेको छ । छिमेकीहरुसँग जुन खालको सम्बन्ध थियो त्यो बिग्रिइरहेको छ । प्रधानमन्त्री भने नचाहिने, चचाहिने कुरा निकालेर वातावरण बिगारीरहनुभएको छ । जुन रुपले सरकारको विरोध र आलोचना भइरहेको छ । त्यसलाई ढाकछोप गर्न र अन्तै मोड्नको लागि अनावश्यक ढंगले अयोध्याको विषय उठाइरहनुभएको छ । त्यो पनि एउटा अध्ययन, अनुसन्धानको विषय हुन सक्थ्यो होला । एउटा कार्यकारी प्रमुखले दाबी गर्ने विषय बनेको होइन । अहिले देश विदेशी शक्तिसँग फसेको, अन्य महत्वपूर्ण कामहरु गर्नुपर्ने जिम्मेवारीले गर्दा आपसमा बसेर छलफल गरेर गल्ती कमजोरीलाई आत्मालोचना गर्नुपर्ने, राजनीतिक उपयहरु खोज्नुपर्ने । दुईवटै अध्यक्षको निर्णयले पार्टी एकीकरण पनि भयो । त्यसबाट हटाउँदा जसरी केपी ओली र प्रचण्डबीच सहमति भयो त्यो बिग्रिएला । त्यसकारण नेकपा अहिले यस्तो किसिमको विवादमा फसेको छ कि कल्पनै गर्न सकिँदैन ।

प्रचण्ड र माधव नेपालीबीच जसरी प्रधानमन्त्रीलाई हटाउने भनेर सहमति भइसकेको छ अब केपी ओलीले राजीनामा दिनुहोला ?

उहाँहरुबीच विश्वास घटेको छ । एक त ‘तित्राको मुखै बैरी’ भने झैं प्रधानमन्त्रीको पनि कतिपय गैरजिम्मेवार अभिव्यक्तिहरुले पनि विरोध चर्किएको छ । नेपालले गर्नैपर्ने जस्तो लिपुलेक, लिम्पियाधुराको नक्सा निकाल्ने, नागरिकता विधेयकलगायतका महत्वपूर्ण कुराहरु भएका छन् । यसले पनि छिमेकीहरुमा दरार उपन्न भएको छ । त्यसमाथि फेरि प्रधानमन्त्रीका गैरजिम्मेवार अभिव्यक्तिले त्यसलाई झन् चर्काइदिएको छ । यस्तो स्थितिमा विदेशीहरु वर्तमान सरकार चाँडै ढलोस् भनेर दिनैपिच्छे संख फुकिइरहेका छन् । यस्तो स्थितिमा दुई, तीनजना नेताहरु यसलाई नहटाइ नछोड्ने भनेर लाग्ने । अर्कोपट्टिबाट यसलाई एउटा प्रतिष्ठाको लडाईंको रुपमा ठानेर पार्टी फुटेफुटोस्, देश डुबेडुबोस् म ज्यान गए छोड्दिन भनेर अर्को पक्ष लाग्ने भएपछि कसरी सहमति होला । त्यसकारण देश र जनताको लागि दुवै पक्षले आफ्नो अडान भन्दा परिस्थितिको मूल्यांकन गर्ने प्रवृत्ति देखिएको छैन । यो दुखद् कुरा हो ।

तपाईंले चिनेका केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुहोला नदिनुहोला ?

वास्तवमा भन्नुपर्दा अहिले प्रधानमन्त्री राजीनामा दिने मुडमा छैनन् । उहाँले दुवै पदबाट राजीनामा दिनुहुन्न । अब केपी ओली दुवै पदमा रहने गरी गल्ती, कमजोरी सच्याउने गरी अगाडि जाने उपाय के हो ? र, कसरी भएका गल्ती कमजोरीलाई सच्याउने त्यो विधितिर गए भने केही निकास निस्किएला । तर, एउटा पक्ष छोड्दैनछोड्ने अर्को पक्ष राजीनामा गराउनतिर लाग्ने हो भने विभाजनबाहेक अर्को विकल्प देखिँदैन । यो जनता र राष्ट्रको निम्ति दुखद् कुरा हो । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार