श्रावण ६, २०८२ मंगलबार July 22, 2025

उपनिर्वाचनमा होमियो कांग्रेस, यी प्रदेशमा तोकिए चुनावी कमाण्डर (सूचीसहित)

अन्तरपार्टी समन्वयका लागि डा. प्रकाशशरण महतलाई जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले आगामी उपनिर्वाचनका लागि प्रदेश कमाण्डर तोकेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको स्थानीय तह उपनिर्वाचन-२०८१ केन्द्रीय संयोजन समिति’ को आजको बैेठकले प्रदेश कमाण्डरहरु तोकेको हो ।

स्थानीय तहका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यैसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले विभिन्न प्रदेशमा नेताहरुलाइ जिम्मेवारी तोेकेको हो ।

बैठकले बागमती प्रदेशमा महालक्ष्मी उपाध्याय डिना, कोशी प्रदेशमा भिष्मराज आङ्दाम्बे, मधेश प्रदेशमा महेन्द्र यादव, कर्णाली र गण्डकी प्रदेशमा जीवन परियार, अन्तरपार्टी समन्वयका लागि डा. प्रकाशशरण महतलाई तोकेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा एनपी साउद, लुम्बिनी प्रदेश र निर्वाचन आयोग समन्वयमा मीन विश्वकर्मा, प्रचारप्रसार संयोजनमा मधु आचार्य र सचिवालय व्यवस्थापनको जिम्मेवारी नानु बाँस्तोलालाई दिइएको छ । आजको बैठकले उपनिर्वाचनका उम्मेदवारहरुलाई विजयी गराउन मुख्य भूमिका खेल्न समेत निर्देशन दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार