असार २५, २०८२ बुधबार July 9, 2025

नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चालू आर्थिक वर्ष ०७७-७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आइतबारका लागि बजार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ ।

कूल १११ कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता शेयर रु छ करोड २५ लाख ६६ हजार २९३ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १० उपसमूहमध्ये नौ उपसमूहको शेयर बढेको छ भने सामूहिक लागनी कोष तटस्थ देखिएको छ ।

बैंकिङ ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत् ३६.३६, वित्त ९.०१, निर्जीवन बीमा २०२.४, उत्पादन १४१.७८, अन्य ४९.३३, लघुवित्त ९२.३९ र जीवन बीमा ५४८.६६ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु दुई करोड ४१ लाख दुई हजार ३२० मा खरिदबिक्री भयो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया